बाबुरामले भने– ‘सरकार कसको इसारामा ढल्यो, प्रचण्डलाई सोध्नू’


१३ साउन । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको आलोचना गरेका छन् । पार्टी कामका सिलसिलामा सुदुरपश्चिम आइपुगेका भट्टराईले प्रचण्ड नेतेत्वको माओवादीलाई फोहोर कपडा सफा गर्ने ‘वासिङ मेशिन’ को संज्ञा दिए ।

‘माओवादी केन्द्रले कहिले एमाले र कहिले कांग्रेसलाई चोख्याउने फोहोरी खेल खेलिरहेको छ,’ डा. भट्टराईले भने, ‘यसरी हेर्दा माओवादीका फोहोर कपडा सफा गर्ने ‘वासिङ मेशिन’ जस्तो मात्र भएको छ ।’ उनले माओवादीले अरुको भ¥याङ बनेर सत्तामा जाने र स्वार्थ पूरा गर्ने बाहेक देश बनाउने कुनै काम गर्न नसक्ने पनि उनले दाबी गरे । माओवादीसँग सत्तामा जाने र केही कमाउने बाहेक अरु एजेण्डा नभएको उनको भनाई छ ।

वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बाबुरामले भने– ‘सत्ता परिवर्तनको चक्र स्वभाविक भए पनि ९–९ महिनामा सरकार परिवर्तन गर्ने संसकार वेठिक भएको दाबी गरे । ‘यस्तो संस्कारले देश समुन्त हुँदैन,’ उनले भने ।

माओवादी केन्द्रले कहिले एमाले र कहिले कांग्रेसलाई चोख्याउने फोहोरी खेल खेलिरहेको छ,’ डा. भट्टराईले भने, ‘यसरी हेर्दा माओवादीका फोहोर कपडा सफा गर्ने ‘वासिङ मेशिन’ जस्तो मात्र भएको छ ।’ उनले माओवादीले अरुको भ¥याङ बनेर सत्तामा जाने र स्वार्थ पूरा गर्ने बाहेक देश बनाउने कुनै काम गर्न नसक्ने पनि उनले दाबी गरे ।

उनले नयाँ शक्ति नेपाल स्थायी सरकारको पक्षमा रहेको बताए । प्रचण्डले तपाईंलाई भारत निकटको भनेर आरोप लगाउने गरेका छन् नि ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले त्यस्तो आरोप लगाउनुको कुनै तुक नभएको दाबी गरे । ‘सरकार ढल्ने र बन्ने नेपालको आन्तरिक मामिला हो,’ उनले भने, ‘त्यसैले सरकार परिवर्तनको विषयलाई लिएर बाह्य शक्तिसँग जोड्नु गलत छ । यस्तो सोँचले नेपालीको शीर कहिल्यै ठाडो हुदैन,  सधैँ  निहुरिन्छ ।’ भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै नेपालका लागि हित हुने उनले बताए ।

जनताको अभिमत नलिएरै चोरबाटोबाट सरकारमा जाने प्रवृति हाबी हुँदै गएको भन्दै उनले नयाँ शक्ति नेपाल जनताको अभिमतबाट पहिलो पार्टी बनेर मात्रै सरकारमा जाने बताए । आफू सरकार ढाल्ने र बनाउने खेलमा नभएकाले नयाँ सरकार कसको इसारामा ढल्यो र कसको इसारामा बन्दैछ भन्नेबारे आफूलाई नभई प्रचण्डलाई सोध्नुपर्ने डा. भट्टराईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्