बामदेवको मुद्दा आज सुनुवाइ हुँदै


काठमाडौं,१६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्धपरेको रिटको आज सुनुवाई हुँदैछ । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्