बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय


काठमाडौँ, १४ फागुन  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्