बारा–पर्सा हावाहुरी प्रभावितलाई नेकपा प्रदेश ३ को १४ लाख सहयोग


काठमाडौ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ ले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि राहत उपलब्ध गराएको छ । नेकपा ३ नम्बर प्रदेशले मृतकका परिवारलाई समवेदना एवम् घाइते अपांगहरुको उपचारमा सहयोग स्वरुप राहत रकम १४ लाख ७० हजार तीन सय बीस रुपैयाँ प्रदान गरेको हो । प्रदेश तीनको नेतृत्वमा दोलखा ,चितवन ,सिन्धुली र ललितपुर जिल्ला पार्टीहरुको सकृयतामा संकलित उक्त रकम सहित ६ सय ३० झुल, २० सिल्पिगं ब्याग , २९ कमल , ६० थान टिसर्ट र अन्य राहत राहात सामाग्री उपलब्ध गराएको सचिव आनन्द पोखरेलले जानकारी दिए । राहत सामग्री नेकपा प्रदेश नम्बर २ का नेताहरुको उपस्थितिमा बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तारण गरिएको  हो। नेकपा प्रदेश ३ ले हावाहुरीबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारलाई समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्