बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश ५ सरकारले १ करोड दिने


काठमाडौ, २२ चैत । तराईका बारा र पर्सा जिल्लामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग दिने भएको छ ।

प्रदेश ५ मन्त्रिपरिषदको आज बसेको वैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

वैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने भनिएको प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

स्वास्थ्य वीमापछि भविष्यमा प्रदेशसभा सदस्य र मन्त्रीहरु विरामी हुँदा १० लाख रुपैयाँसम्म उपचारमा सरकारले सहयोग गर्नुपर्नेछैन ।

प्रतिक्रिया दिनुहोस्