बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने विषयमा २४ घन्टाभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश


काठमाडौ, ११ जेठ । तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने भनि गरिएको तयारीका विषयमा सर्वोच्च अदालतले २४ घण्टाभित्र जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका ढुङ्गेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र अदालत उपस्थित हुन आदेश जारी गरेको हो । शनिबार सार्वजनिक बिदाको दिन भएकाले सर्वोच्चले आइतबार दुवै पक्षको छलफलको मिति इजलासबाट तोकेको छ ।
ढुंगेललाई जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार रिट दायर गरेका थिए । सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका व्यक्तिलाई गणतन्त्र दिवसको दिन माफी दिनुको कारण लिखित रुपमा पेस गर्नसमेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्