बालकोटमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक, सर्वोच्चको आदेशपछि नयाँ धारणा सार्वजनिक गर्ने


१९ पुस ।  नेकपा (एमाले) स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्दैछ ।  सोमबार सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक हाल रोक्नु नपर्ने आदेश जारी गरेपछि आफ्नो धारणा सार्वजनिक गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको एमाले सचिव प्रदीप ज्ञवालीले पहिलो न्युजलाई जानकारी दिए ।

‘सम्मानित सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका सन्र्दभमा निर्णय लिएपछि एमालेको धारणा सार्वजनिक गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो,’ ज्ञवालीले भने, ‘संशोधनमा एमालेले सबै भन्दा बढी सीमांकन हेरफेरका सन्र्दभका विमती जनाउँदै आएको छ । अदालतले पनि त्यही कुरा भनेको छ । त्यसैले संशोधन प्रस्ताव गलत छ भन्ने एमालेको ठहर छ ।’

‘प्रदेशको सिमाना परिवर्तन गर्ने विषयसँग सम्बन्धित संविधान संशोधन विधेयक प्रदेशसभामा पठाउनुपर्ने, प्रदेशसभाले अस्वीकृत गरे विधेयक निष्क्रिय हुने प्रावधान संविधानमा रहेको संविधान प्रतिकूल कानुन निर्माण हुन पुगे त्यसले मान्यता पाउन नसक्ने जस्ता कुरा सर्वोच्चको आदेशमा उल्लेख भएको भन्दै ज्ञवालीले सरकारलाई विधेयक अघि नबढाउन आग्रह गरेका छन् ।

‘न्यायिक पुनरावलोकनका माध्यमबाट प्रतिकूलका कानुनलाई यस अदालतले अमान्य घोषित गर्ने अवस्था आइपर्छ’ भन्ने सर्वोच्चको आदेशलाई शीरोपर गर्न पनि ज्ञवालीले आग्रह गरे ।   बैठकमा यी सन्दर्भमा पनि छलफल हुने ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्