बालाजुमा दास आतंक


balajuकाठमाडौं । लामो समयदेखि विवादित र बदनाम हुँदै आएका डिएसपी सञ्जीव शर्मा दासले बालाजु वृत्तको इन्चार्ज भएदेखि त्यस क्षेत्रमा आतंक नै मच्चाएका छन् ।

अदालतले हेर्नुपर्ने र प्रहरीले हेर्न नपाउने व्यक्तिगत लेनदेनका मुद्दाहरू पनि पछिल्लो समय वृत्तबाटै हेर्न थालेको र पक्षहरूसँग रकमको मोलतोल गर्न थालेको एक पीडितले बताए ।

उपत्यकाका आकर्षक कमाइ हुनेमध्येको बालाजु वृत्तमा आएदेखि दासले होटेल रेस्टुरेन्टहरूमा अवैध यौन धन्दा हुन दिएर समेत आफ्ना घुमुवामार्फत नियमित रकम उठाउने गरेको बताइन्छ । बाइपासमाथिदेखि ओशो तपोवन क्षेत्रसम्म नियमित रूपमा हुने यौनबजारलाई निर्बाध हुन दिएरदेखि ग्याँस तथा पेट्रोलियम पदार्थको कालोबजारी हुन दिएर समेत दासले यसबीचमा मोटो रकम कुम्ल्याएको स्रोतले बतायो ।

यति मात्र होइन, त्यस क्षेत्रमा हुने अवैध बालुवा तस्करीलाई निर्बाध खुला गरेर पनि दासले राम्रै आम्दानी गरिरहेको बताइन्छ ।त्यसो त उनी रामेछापमा रहँदा पनि निकै विवादमा आएका थिए । दासले विवादास्पद काम गरेपछि उनी प्रधान कार्यालय तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्