बालिकालाई बलात्कार गर्ने राईलाई नौ वर्ष छ महिना कैद


३ असार । इलामका एक व्यक्तिलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको हो । उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो । राई शान्तिडाँडा–५ का बासिन्दा हुन् ।

२५ वर्षीय राईलाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले उनीविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम ९ वर्ष कैद सुनाएको हो ।

यस्तै, हाडनाता करणी मुद्दामा राईविरुद्ध सोही महलको २ नम्बर बमोजिम हाडनाता करणीको ३ (१) मा व्यवस्था भएअनुसार थप ६ महिना कैद र ५० हजार रूपैयाँ पीडितका नाममा क्षतिपूर्ति भराउने गरी फैसला सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्