बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै


काठमाडौं, १२ बैसाख । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले आज (आइतबार) बिहान साढे १० बजेका लागि बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका एक एमाले नेताले जानकारी दिएका छन् । बैठकमा सहभागी हुनका लागि शनिबार राति ११ बजे खबर आएको उनले बताएका छन् ।

\माधवकुमार नेपालसहित उनी पक्षका केन्द्र तथा प्रदेशका गरी ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले बैठक डाकेका हुन् । बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको एमालेका एक जना केन्द्रीय सदस्यले जनाएका छन् । यसअघिको महाधिवेशन आयोजक कमिटीको वैठकले नेपाल–खनाल पक्षको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्