बालुवाटारमा तीन दल बैठक साँझ ५ बजे बस्दै


३ साउन । सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्र्रेसका सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन्।

साँझ ५ बजेबाट सुरु हुने बैठकमा मुलुकमा सिर्जित समसामयिक राजनीतिक विषयमा कुराकानी हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो ।

गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई औपचारिक रुपमा समर्थन गर्ने निर्णय गरेपछि दुवै दलले वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन ।

उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ–आफ्नै ढङ्गबाट परामर्श गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्