बालुवाटारमा सरकारको नीति तथा कार्यक्रममाथि पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श


काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गरिरहेका छन् । नीति तथा कार्यक्रममाथि सुझाव लिने उद्धेश्यले पूर्व प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा छलफलका लागि बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । छलफल अहिले चलिरहेको छ ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल‘प्रचण्ड’, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु सहभागी छन् । सरकारले आगामी १ जेठमा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्