स्वर्गीय नेता बास्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने देउवाको प्रतिवद्धता


काठमाडौ, ८ कात्तिक । कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्‍याएको योगदानको स्मरण गरेका छन । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेता बास्तोलाको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा बोल्दै उनले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रमा बास्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिएको योगदानको चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्