बास्तोला निर्दोष ठहर, निलम्बन फुकुवा


९ असार । संकतिल राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमख तीन जनासहित ८ जनाविरुद्ध मुद्धा दायर गरेको हो । उनीहरुविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको मुद्धा दायर भए पनि सो कार्यालयका नायव शुब्वा टीका प्रसाद बास्तोला भने निर्दोष ठहर भएका छन् ।

२०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको भन्दै कार्यालय प्रमुख नयराज नेपाल, पूर्व कार्यालय प्रमुख रमेश प्रसाद दाहाल, पूर्व कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेल, लेखापाल सुरेश अधिकारी, लेखा अधिकृत टीका अधिकारी, लेखापाल रुद्र दाहाल र लेखा अधिकृत कुमारबहादुर कटुवालसहित बास्तोला पनि विवादमा तानिएका थिए ।

ती मध्ये ८ जना कर्मचारीलाई अख्तियारले अनुसन्धान गरी विशेष अदालतमा मुद्धा दायर गरेको हो । बास्तोलालाई भने अख्तियारले पनि निर्दोष ठहर गरेको हो । अख्तिारले निर्दोष ठहर गरेसँगै बास्तोलाको निलम्बन पनि फुकुवा भएको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले असार ६ गते पत्र काटेर निलम्बन फुकुबा भएको जानकारी दिएको छ ।

‘प्रस्तुत विषयमा यस विभागले मिति २०७४–०१–०६ को निर्णय अनुसार तपाईँ समेतलाई राजश्व रकम हिनामिना सम्बन्धमा अनुसन्धानको सिलसिलामा निजामती सेवा ऐन को दफा ६४ बमोजिम २ महिनाको लागि निलम्बन गरिएकोमा तपाईँ उपर अनुसन्धानको कार्य समाप्त भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्थाम विभागले दिएको निलम्बन फुकुवा पत्रमा भनिएको छ, ‘निलम्बन अवधि समेत समाीत भएको हुँदा निजामती सेवा ऐन को दफा ६५ बमोजिम यस विभागको मिति २०७४–०३–०६ गतेको निर्णय अनुसार तपाईँको निलम्बन फुकुवा गरिएको व्यहोरा अनुरोध छ ।’

भ्रष्टाचारको आरोपमा मुद्धा दायर भएका सबै कर्मचारीको सम्पत्ति समेत रोक्का भएको अख्तियार स्रोतले जानकारी दिएको छ । 2 1

प्रतिक्रिया दिनुहोस्