बाहिरी अतिक्रमणबाट जातीय सद्भावलाई कमजोर बनाउने प्रयासः विष्ट


१८ असोज । नेकपा (एमाले) का सचिव एवम् मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टले मलुकको साँस्कृतिक, साम्प्रदायिकता र जातीय सद्भावलाई कमजोर बनाए नेपालको नीति निर्माण र प्रक्रियामा बाहिरबाट अतिक्रमण हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पेशागत महासंघ नेपालले दसैँ, तिहार र छठको अवसरमा राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै विष्टले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले कार्यक्रममा दसैँ, तिहार र छठको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, महासंघकी उपाध्यक्ष उदया शर्मालगायतले पनि बोलेका थिए । कार्यक्रममा टे«ड युनियनका प्रतिनिधि, पेशागत महासंघका पदाधिकारी तथा सदस्य एवम् महासंघअन्तर्गत राष्ट्रिय घटकका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा सांसद प्रभादेवी बज्राचार्य, राजधानी पेशागत जिल्ला कमिटिका अध्यक्ष प्रेम पराजुली, निजामती क्षेत्र आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोला पोखरेल, नेपाल टे«ड युनियन फेडरेशनका अध्यक्ष गंगाराम खड्गी, जनसांस्कृतिक महासंघका सचिव कृपामान धमलालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्