‘बाह्यशक्तिको आडमा बनेको सरकार’ले जनताको समस्या समाधान गर्न सक्दैन : वैद्य


 साउन । नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले ‘बाह्यशक्तिको आडमा बनेको सरकार’ले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

चितवनमा अाइतवार  आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन भन्दै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा सङ्घर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताए ।

उनले सिपी गजुरेलको नेतृत्वमा अब छिट्टै संयुक्त मोर्चा गठन गरी नयाँ जनवादी दिशामा जाने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्