बाह्रबीसे बाढी: २० भन्दा बढी घर बगायो,२ जनाको मृत्यु, २० बेपत्ता


मेलम्ची, २५ असार  ।
बाढीमा परी २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।

सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उहाँकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।बाढीका कारण २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ । बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । दुई जना गम्भीर घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्