बिजुक्छेंले भने– ‘भारतीय राजदूतलाई देश निकाला गर्नुपर्छ’


१ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नेपालमा खेदाउनु पर्ने बताएका छन् । रफतसञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उलने यस्तो बताएका हुन् । रायले कुटनीति मर्यादा विपरीत काम गरेको र हेपाहा प्रवृत्ति देखाएको भन्दै उनलाई नेपालमा राख्नु नहुने जिकिर गरे ।

कहिले मधेसी मोर्चाका नेतालाई दूतावासमै बोलाएर ‘डिनर’ खुवाउने त कहिले मर्यादा विपरीत नेताहरुलाई भेटघाट गर्ने रायको शैलीको अन्य नेताहरुले पनि आलोचना गरिरहेका बेला बिजुक्छेंले देशबाटै निकाल्नु पर्ने जिकीर गरेका हुन् ।

उनले कार्यक्रममा सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा रहेको आरोप पनि लगाए । उनले केही समयपछि नेपालमा एनआरएन र अङ्गिकृत नागरिकताधारीको हातमा सरकार जाने खतरा बढेको भन्दै चिन्त पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्