बिजुक्छे निवास पुगेका ओलीले भने–‘संसद्मा गरिएको अवरोध अझै सशक्त ढङ्गले अघि बढ्छ’


२९ मंसिर  । संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ । भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा दुबै दलबीच संशोधन प्रस्तावको विरोधलाई जारी राख्ने विषयमा छलफल भएको ओलीको नीजि सचिवालयले जानकारी दिएको छ ।  भेटमा देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा पनि दुई दलका नेताबीच छलफल भएको थियो ।

भेटवार्तामा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।  उनले संसद्को जारी अवरोध, संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा दुबै नेताबीच छलफल भएको जानकारी दिए ।

सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हित विपरीत रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको पनि नेम्वाङले जानकारी दिए ।  ‘छलफलमा संविधान संशोधनको विषयलाई लिएर संसद्मा गरिएको अवरोधलाई निरन्तरता दिने र अझै सशक्त ढङ्गले अगाडि बढ्नेबारेमा दुई दलबीच छलफल भयो,’ उनले भने ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद्को अवरोध जारी राख्नेबारेमा दुई दलबीच सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्