बिते वासुदेव मुनाल


१३ असोज । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ । मुनालको बुधबार राति भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता रहेका मुनाल घाँटीको क्यान्सरबाट पीडित थिए । ११ वर्षअघि लडेर उनको ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

२००६ सालमा विराटनगरमा जन्मिएका मुनालले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरी झण्डै चार दशक रेडियो नेपालमै बिताएका थिए । मुनालले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ चर्चित गीत गाएका छन् । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त हुनुअघि रेडियो नेपालका चर्चित बाल कार्यक्रम चलाउँथे ।

प्रतिक्रिया दिनुहोस्