बिमस्टेक समापन नसकिदै किन फर्कदैछन् दुई देशका प्रमुख?भारत र म्यानमारका प्रधानमन्त्री पनि शुक्रवार स्वदेश फर्कने


काठमाडौँ, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास ९बिमस्टेक० समापन सँगै चार देशका प्रमुख स्वदेश फर्कने भएका छन् । बिमस्टेकमा भाग लिन नेपाल आएका भारत, म्यानमार, बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री शुक्रवारनै स्वदेश फर्कने भएका हुन्। बिमस्टेक समापन शुक्रबार दिउँसो २ बजे हुने भएपनि बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री यस अगावै स्वदेश फर्कने तयारीमा रहेको परराष्ट्र्र मन्त्रालयले जनाएको छ । उनिहरु दिउँसो १ बजे त्रिभुवन स्वदेश फर्कदै छन्

भारत र म्यानमारका प्रधानमन्त्री भने समापन पछि शुक्रबार स्वदेश फर्किने जनाईएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय छलफल पछि दिउँसो पशुपतिनाथमा रहेको धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेर साँझ ६ः२५ बजे फर्कने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्