विमस्टेकका सदस्य राष्ट्रहरुसँग हातेमाले गरेर अगाडी बढ्न भारत सँधै तयार छ : भारतीय प्रधानमन्त्री मोदी


काठमाडौ, १४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बिम्स्टेकका सदस्य राष्ट्रहरुसँग हातेमाले गरेर अगाडी बढ्न सँधै तयार रहेका ेबताएका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले सबै सदस्य राष्ट्र विकासोन्मुख देश रहेको ले एक अर्कामा हातेमालो गरेर जानुपर्ने बताएका हुन् ।

उनले ‘सडक, रेल, जल तथा सबैभन्दा महत्वपूर्ण जनता–जनताबीचको सम्पर्क आवश्यक रहेको बताए । उनले नालान्दा विश्वविद्यालयमा विमस्टेक सदस्यका विद्यार्थीहरुले ३० छात्रवृत्री दिइने घोषणा गरे । ‘नालान्दा विश्वविद्यालयमा सेन्टर अफ वे अफ बङ्गाल स्टडी सेन्टर को स्थापना गर्नेछौँ,’ उनले भने । महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे ।उनले ब्लू इकोनोमिक क्षेत्रमा रहेका युवाहरुलाई सहयोग गर्न तयार रहेको पनि जिकिर गरे ।

हिमालय र बंगालको खाडीबाट जोडिएको देश बारम्बार प्राकृतिक प्रकोप भागिरहेको बताउँदै यसमा सबैको साथको आवश्यकता औँल्याए । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला(एक्लै केही गर्न नसक्ने भन्दै मोदीले सदस्य देशहरूबीच कनेक्टिभिटीमा जोड दिए । खास गरी व्यापार, यातायात, जनता(जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक रहेको उनको भनाइ छ ।

दुई दिने सम्मेलनमा मन्तब्य व्यक्त गर्दै मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
हामी मध्ये कुनै त्यस्ता देश छैनौँ जसले अपराधिक समस्या नभोगेको होस्,’ उनले भने, ‘हामीले यसैले कुनै कानुनी संयन्त्रको विकास गर्नुपर्छ । यसको लागि हाम्रा कानुन निर्माता विशेष महिला सांसदबीचको सम्पर्क तथा सम्बादको वातावरण विकास गर्नुपर्छ ।’ प्रधानमन्त्री मोदीले अधिंकाश कृषिप्रधान तथा जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिबारेमा एक सम्मेलन गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्