बिराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु


बिराटनगर, २० असोज । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्