बिरामी रिसिभ गर्ने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने


काठमाडौँ, २३ चैत । काठमाडौँ, २३ चैत । सरकारले संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले संकटको अवस्थामा बिरामी रिसिभ गर्ने जिम्मा सेनाको टिमलाई लगाउने निर्णय गरेको हो। बिरामीलाई रिसिभ गर्ने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने छन ।

प्रतिक्रिया दिनुहोस्