विहानै त्रिशुलीमा बस खस्यो


रौतहटबाट पोखराको लागि छुटेको रात्रि बस मुग्लिनको कालीखोलामा दुर्घटनामा परी १९ जनाको मृत्यू भएको छ भने १० जना घाइते भएका छन् । मुग्लिन प्रहरीका अनुसार ग १ ख ३७०९ नम्बरको बस त्रिशुलीमा खसेको हो ।

केही यात्रुको प्रहरीले जीवितै उद्धार गरेर अस्पताल पठाएको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । बसमा ३६ यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेको उपचारको लागि भरतपुर लगिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले वस विहान ५ बजे दुर्घटनामा परेको जानकारी दिए । नदीमा खसेको बसको केही भाग मात्र देखिएको छ । दुर्घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले उद्वारमा खटिएको छ ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्