बिहारमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु,भारतमा मर्नेको संख्या ६ पुग्यो


काठमाडौं,९ चैत । भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ ।

बिहारको राजधानी सहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्