बीपी राजमार्ग हुँदै महाभारतको डाँडैडाँडा पूर्वतिर (फोटो फिचर)


कात्तिक २४ गतेको मध्यान्ह । सिन्धुलीगढीको प्रवेशद्वार सोलाभञ्ज्याङको डिलनेर जुनार बेच्ने स्थानीयबासीहरु व्यापारमा मस्त थिए, त्यही सोलाभञ्ज्याङको चीसो–चीसो मौसममा दयाहाङ राई, प्रियंका कार्कीलगायत कलाकारहरु टहलिँदै थिए । केही युवाहरु दयाहाङसँग फोटो खिच्न तछाडमछाड गर्दै थिए ।

सोलाभञ्ज्याङभन्दा करिब डेढ किलोमिटर माथिको सिन्धुलीगढीमा भने अंग्रेज सेनालाई नेपाली सेना र जनताले हराएको उत्सवमा विजयोत्सव मनाइँदै थियो, त्यही दिन । काठमाडौंबाट गएका करिब ८० जना साइकलयात्रीहरुसँगै विजयकिल्लामा विजयोत्सव मनाइँदै थियो ।

तर, हाम्रो टोली भने रमणीय जुनार क्षेत्र खनियाखर्कबाट महाभारत पर्वत शृंखलाको डाँडैडाँडा पूर्वतिर बढ्यो । उत्तरतिर हेर्दा रमाइला हिमालचुलीहरु र दक्षिणतिर नजर पोख्दा चुरे शृंखलादेखि तराईका समथर फाँटहरु देखिने । सम्भवतः सिन्धुली मात्रै एउटा यस्तो जिल्ला हुनुपर्छ, जसको पूर्वदेखि पश्चिम सीमासम्मै महाभारत शृंखला, चुरेको शृंखला, गढतिर भेग, शिवालिक भेग र भित्री मधेससमेत फैलिएका छन् ।

अझ, खनियाखर्कदेखि धाप चौकीसम्म सडक सञ्जाल जोडिएको हुँदा महाभारतको डाँडैडाँडाको यो सडक पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिनु स्वाभाविक देखिन्थ्यो । धुलिखेलबाट बीपी राजमार्ग हुँदै खनियाखर्क र त्यसपछि बालाजोर, सिम्लेमा अवस्थित प्रसिद्ध सर्वसिद्धेश्वर महादेव गुफा र सिन्धुलीकै तीनपाटन फाँटसम्म पुग्दा खिचिएका तस्बिरहरु प्रस्तुत गरिएका छन् ।

शब्दः विवश वस्ती
तस्बिरः किशोर श्रेष्ठ÷ड्रीमभिजन

1

बीपी राजमार्गबाट देखिएको सुनकोसी र तामाकोसीको संगमस्थल

2

बीपी राजमार्गको घुमाउरो बाटो

3

खनियाखर्क भञ्ज्याङ, जुन जुनारको लागि प्रसिद्ध छ

4

ऐतिहासिक सिन्धुलीगढीको प्रवेशद्वार

5

महाभारत शृंखलामा अवस्थित धाप चौकी

6

महाभारत शृंखलाबाट देखिएको सूर्यास्तको मनोरम दृश्य

7

बालाजोर गाविसको सिम्लेमा रहेको सर्वसिद्धेश्वर महादेव गुफा

8

सिम्लेबाट देखिएको साँझको दृश्य

9

रमणीय तीन पाटन फाँट

प्रतिक्रिया दिनुहोस्