बी एण्ड सी मेडिकल सञ्चालक प्रसाईविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव पेश


काठमाडौ, १३ साउन । बी एण्ड सी मेडिकल कलेज झापाका कार्यकारी निर्देशक दुर्गा प्रसार्इविरुद्ध नेपाली काग्रेसले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । संविधान र कानुन बमोजिम तत्काल आवश्यक कारवाहीको माग सहित कांग्रेस सांसद डिला संग्रौलाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन ।

आइतबार प्रतिनिधिसभामा संग्रौला प्रस्तावक र सांसदद्वय लक्ष्मी परियार र प्रमिला राई समर्थन रहेको प्रस्ताव पेश गरिएको हो ।

बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अभ्ययनरत छात्रहरुप्रति प्रसाइले दिएको अपमान पूर्ण अभिव्यक्तिले संविधान र कानुनको उलंघन हुनुका साथै कुटनीतिक सम्बन्धमा समेत आँच पु¥याएको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्