बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भो भन्नु गैरजिम्मेवार अभिव्यक्ति: प्रधानमन्त्री ओली


काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भो भन्नु गैरजिम्मेवार र निराधार अभिव्यक्ति भएको बताएका छन् । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काम नै सुरु नभएको आयोजनामा तीन नेताले ९ अर्ब बााडेर खाए भन्नु निराधार भएको बताएका हुन् ।
कामको कुनै टुङ्गोसमेत लागि नसकेको उक्त आयोजनामा शिर्ष नेताहरुलाई गम्भीर प्रकृतिको आरोप लगाउनु गलत भएको उनले बताए । सरकारविरुद्ध जनतालाई भड्काउनका लागि, जनतामा सरकारविरोधी मानसिकताको विकास गर्नका लागि यस्ता अभिव्यक्ति आएको भन्दै उनले आफू नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशिलतामा दृढ रहेको पनि बताए । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्