बुद्धिजीवीलाई मुसाको संज्ञा,०७५ सालसम्म सरकार नढल्ने ओलीको ठोकुवा


३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार कम्तीमा पनि ०७५ सालसम्म टिक्ने ठोकुवा गरेका छन् । पेशागत महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् । ‘मेरो नेतृत्वको सरकार राणा शासन जस्तो १ सय ४ वर्ष र राजतन्त्र जस्तो २ सय ३८ वर्ष टिक्छ भनेर म भन्दिन,’ ओलीले प्रसन्न मुद्रामा भने, ‘हिजो मन्त्रिपरिषद् बैठकले एक खालको कार्यजोजना प्रस्तुत गरेको छ, त्यसले पनि तपाईँहरुले थाहा पाउनुपर्छ । यो सरकार ती कार्ययोजना पूरा नहुन्जेल रहन्छ ।’

बिहीबार बालुवाटारमा बसेको ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको थियो  । यही २०७३ चैतभित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्ने र २०७४ माघ ७ गतेभित्र आम निर्वाचन सम्पन्न गर्ने तयारी पनि ओली नेतृत्वको सरकाले गरेको थियो । आमनिर्वाचन सम्पन्न भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने योजनामा उल्लेख छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनासम्बन्धी कानुन २०७३ पुसभित्र ल्याउने पनि सरकारले निर्णय गरेको थियो । सङ्घीय संसद्, प्रदेश सभा, प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी कानुन सोही अवधिमा ल्याउने निर्णय पनि भएको थियो । प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्यको निर्वाचन २०७४ कात्तिकसम्म गरिसकिने योजनामा उल्लेख छ ।

वौद्धिक समूदायलाई मुसाको संज्ञा

‘मेरो नेतृत्वको सरकार राणा शासन जस्तो १ सय ४ वर्ष र राजतन्त्र जस्तो २ सय ३८ वर्ष टिक्छ भनेर म भन्दिन,’ ओली प्रसन्न मुद्रामा भने, ‘हिजो मन्त्रिपरिषद् बैठकले एक खालको कार्यजोजना प्रस्तुत गरेको छ, त्यसले पनि तपाईँहरुले थाहा पाउनुपर्छ । यो सरकार ती कार्ययोजना पूरा नहुन्जेल रहन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले वौद्धिक समूदायलाई मुसाको संज्ञा दिए । आफुले गरेका काम गरिब र गाउँले जनताले बुझे पनि केही वौद्धिक समूदायले भ्रम सिर्जना गरेकाले समस्या भएको प्रधानमन्त्री ओलीले आरोप लगाए । ‘मुसाले कोट काट्छ, त्यसले त्यो कोट काटौँ भनेर होइन उसले आफ्ना दाँत तिखा नहुन भनेर कोट काटेको हो,’ ओलीले आफ्नो विरोध गर्ने वौद्धिक समूदायप्रति लक्षित गर्दै भने, ‘दाँत तिखा नहुन भनेर कपडा काट्नै पर्ने मुसाको बाध्यता भए पनि उसले हत्तपत्त झुत्रा लुगा काट्दैन । नयाँ कोट नै खोजेर काट्छ ।’ आफुले गरेका राम्रा कामको सबैले प्रशंसा गरे पनि वौद्धिक समूदायले विरोध गरेकाले साच्चै नराम्रो हो कि जस्तो लागेको तर त्यस्तो नभएको दाबी गरे । ‘मैले गरेका राम्रा काम वौद्धिक समूदायसँग होइन देशभक्तसँग गएर सोध्न आग्रह गर्छु,’ उनले भने ।

भान्सामा पाइपबाट ग्याँस लैजान्छु भन्दा किन विरोध ?

प्रधानमन्त्री ओलीले घर–घरमा ग्याँस पुर्याउँने योजनाका बारेमा पनि गाउँले जनता खुशी भएको र वौद्धिक समूदाय नै आत्तिएको आरोप लगाए । ‘केही समूदाय भन्सामा सिलिण्डर नै राख्नुपर्छ भनेर रडाको मच्याई रहेका छन्, पाईपबाट घर–घरमा ग्याँस पुग्छ भन्ने गाउँले जनतालाई थाहा छ,’ उनले भने, ‘उनीहरुले त गोवरग्याँसबाट पनि पाईपबाट ग्याँस लगेको थाहा छ । त्यो पनि थाहा नपाउने वौद्धिक समूदायले मात्र विरोध गरेका हुन् ।’

आलोचना सुन्छु, राम्रा कार्यान्वयन गर्छु नराम्रा उडाउछु

प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुलाई पनि सम्वोधनका क्रममा व्याङ्ग्य गर्न भ्याए । ‘नबुझी आलोचना गर्नेलाई भन्नु केही छैन,’ उनले भने, ‘सबै आलोचना सुन्छु, कामलाग्ने छन् भने लागु गर्छु होइन भने किन गर्नु ?’

तेल नै खोज्न नपाउनु ?

उनले इन्धनमा परनिर्भर दश नेपालले इन्धनको वैकल्पिक व्यवस्था गर्ने वा स्वदेशमै इन्धनको संभाव्यता अध्ययन गर्ने भन्दा समेत केही वौद्धिक समूदाय तर्सिएको भन्दै चिन्ता व्यक्त गरे । ‘इन्धन नै खोज्न नपाउनु ? हामी परनिर्भर बन्दैनौँ भन्न नै नपाउनु ? विद्वानहरुले पनि हैरान बनाए,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्