बुबा नभेटिएपछि कुशको शवमा दागबत्ती दिए सुशान्तले


१४ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशूलीमा वेपत्ता भएको छ दिनसम्म पनि कुनै पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । परिवारसहित मुक्तिनाथको यात्रा गरेर फर्किएका घिमिरे चढेको बा ९ च १५३१ नम्बरको कार दारेचोक गाविस–३ स्थित घोप्टेभीरबाट त्रिशूलीमा खसेको थियो ।

कारमा सात जना सवार थिए । कारमा रहेकी घिमिरेकी आमासहित  तीन जनाको शव भेटिएको थियो भने पूर्वगृहमन्त्री घिमिरेसहित ३ जना अझै हराइरहेका छन् । उनीहरुको कुनै पत्ता नलागेपछि शुक्रबार आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरे ।

चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए । उनैले कुशको शवमा पनि दागबत्ती दिए । उनी अष्ट्रेलियामा थिए । पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदीलगायत आर्यघाट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्