काबुलमा भिषण भिड्न्त


काठमाडौ, २६ वैशाख । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा प्रहरी र चरमपन्थी आतंककारीबीच भिड्न्त जारी रहेको छ । भिडन्त सुरक्षा निकायको क्याम्प नजिक भइरहेका बताइएको छ ।
साथै काबुल नजिक अर्को स्थानमा भने बम विष्फोटनको कैयौं आवाज सुनिएको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार बम विस्फोट पछि ठूलो गोलाबारी भएको जनाइएको छ ।

खबर तयार पार्दासम्म मानवी क्षतिको जानकारी नआएपनि ठूलो जनधनको क्षति भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ ।

पछिल्ला महिनामा काबुल शहरमा उच्च अधिकारीहरुको निवास र कार्यालय रहेका क्षेत्रमा चरमपन्थी हमला बढेको छ ।

धेरै जसो हमलाहरु तालिवान र आफूहरुलाई इस्लामिक स्टेट भन्ने चरमपन्थी संगठनका बन्धुकधाीहरुले गराएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्