बेदकोटमा चन्द, लिखुमा पौडेल र सैनामैनामा कार्की विजयी


१९ असार । नेकपा (एमाले)ले आफ्नो विजयी यात्रालाई निरन्तर अघि बढाएको छ । पछिल्लो अपडेट अनुसार बेदकोट नगरपालिकामा एमालेले विजयी भएको छ । बेदकोटको मेयरमा एमालेका अशोक चन्द ६४२४ मत प्राप्त गरी विजयी भए ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भोजराज बोहोराले ६०७४ मत पाए । उपमेयरमा पनि एमालेकै सुशीला सिंह ६८६५ मतका साथ भएकी छिन् ।

त्यसैगरी झापाको कन्काई नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले कै विजयी भएका छन् । यो नगरमा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्र पोखरेलले विजयी भए । उनी ८ हजार ४ सय १६ मत ल्याएर विजयी बनेका हुन्। त्यस्तै, उपमेयर मञ्जु प्रसाईंले ८ हजार ५ सय ७६ मत पाएर विजयी भइन् । ओखलढुंगाको ओखलढुंगाको लिखु गाउँपालिकामा पनि एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका गोविन्द पौडेल ३०१० मतका साथ विजयी भए । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अशोक कार्कीको २९३५ मत ल्याए । उपाध्यक्षमा एमालेकै शान्ता ढुंगेल ३११० मतका साथ विजयी भइन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी मन्दिरा दाहाल २४२८ मत ल्याइन् ।

रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका चित्रबहादुर कार्की विजयी भए । उनले १३ हजार ३६ मत प्राप्त गरेका छन् । उपमेयरमा बिना राना विजयी भइन् । उनले १२ हजार ९ सय ६१ मत रहेको छ ।

मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माले १० हजार ३ सय ५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीले ९ हजार ७ सय ९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्