बेमौसममा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्छन् : प्रम ओली


काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेको छन्, बेमौसममा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्छन् ।

‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा संस्थागत पार्टी भइसक्यो । पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ, यसमा आत्तिनु पर्दैन,उनले भने,। प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली काँग्रेसलाई चुनौति दिदै भने, हरेक कुरा संसदमा बहस गर्न सकिन्छ, ‘विधि,विधान,कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो । कलेज खोल्न नपाउने,एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरेर आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिईने पनि ओलीले बताए । नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने,विदेश पठाउनु पर्ने,हजारौं विगाहा जमिन खरिद गरेर ,भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो र” प्रधामन्त्रीले भने ।
संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्विकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताए । “अहिलेका हल्लाले यो छानविन रोकिदैन” प्रधानमन्त्रीले भने ।
निर्वाचन आचार संहिता लागु भएपछिका राजनीतिक नियुक्तीहरु खारेज गरिएको प्रधानमन्त्रीले बताए ।

“संस्थाहरुलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नका लागि यसो गरिएको हो” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक,गोविन्द केसी,उपकुलपति जस्ता बिषयमा साँसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह पनि गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्