बेलायतमा कर्णेल कुमार लामा थुनामुक्त


२१ भदौ । चार वर्षदेखि बेलायतमा थुनामा रहेका नेपाली सेनाका कर्णेल कुमार लामा थुनामुक्त भएका छन् । अदालते मंगलबार लामालाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

माअ‍ोवादी जनयुद्धका बेला कपिलवस्तुमा कार्यरत रहँदा कर्णेल लामाले बन्दीहरुमाथि चरम यातना दिएको भन्दै उनलाई चार वर्षअघि बेलायतमा पक्राउ गरिएको थियो ।

दक्षिण सुडानमा संयुक्त राष्ट्र संघको सैनिक पर्यवेक्षक भएर गएका लामा विदाको बेला बेलायतमा रहेको परिवारलाई भेट्न जाँदा विश्वव्यापी अधिकार क्षेत्र भन्दै पक्राउ परेका थिए ।

त्यसयता नेपाली सेना र नेपाल सरकारले जति कोसिस गरे पनि बेलायती न्याय प्रणालीमा प्रवेश गरिसकेको मुद्दा भन्दै उनलाई रिहा गर्न अस्वीकार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्