बेलायती राजकुमार ह्यारी बाधिए विवाह बन्धनमा


संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह भएको छ । राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कलबीचको प्रेम सम्बन्धपछि विवाह भएको हो । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको क्रिश्चियन पराम्परा अनुसार विवाह भएको हो।
मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।
सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए। ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए। विवाह स्थलमा ६ सय जना पाहुना उपस्थित थिए। यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ड्युक र डचेसका रुपमा चिनिने घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्