बैठकमा कुटाकुटपछि प्रज्ञा भवन पुगेका ढकाल र पोखरेलले हात मिलाएनन्


३ असार । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकटको संगठन नेपाल निजामती कर्मचारी संगठनले अत्याधिक बहुमतसहित आफुलाई शक्तिशाली संठनका रुपमा उभ्यायो ।

उक्त संगठन पहिलो भएपछि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ सदस्यसहित ११ जनाले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व पाउने निश्चित भयो । तर, ती पदाधिकारी र सदस्य छनोट गर्ने मामिलामा भने निजामती कर्मचारी संगठनमा महाभारत भएको छ ।

निर्वाचनमा दोस्रो भएको निजामती कर्मचारी युनियन संघले प्रतिनिधी छनोट टुङ्याएको छ । तेस्रो भएको माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने आफूहरुले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै उपाध्यक्षको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ । पहिलो बनेको निजामती कर्मचारी संगठनमा भने छनोट प्रक्रियामै हात हालाहालको अवस्था सिर्जना भएको छ ।

नियम अनुसार निर्वाचन कार्यालयमा १५ दिनभित्र युनियनमा प्रतिनिधित्व गर्नेहरुको नामावली पठाउनु पर्ने भए पनि निजामती कर्मचारी संगठनको विवादकै कारण समस्या भएको छ ।

शुक्रबार आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्य छनोट प्रक्रियामा हात हालाहालको अवस्था सिर्जना भएपछि झन् समस्या भएको छ । पहिलो बनेको संगठन निजामती कर्मचारी संगठनमा आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कसलाई पठाउने भन्ने बारेमा चर्को लबी सुरु भैरहेका बेला शुक्रबार बैठक बसेको थियो। त्यहि विषयमा विवाद बढ्दै गएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो । अहिले अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेलले अध्यक्ष दाबी गरेका छन् ।

आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कसलाई पठाउने भन्ने बारेमा चर्को लबी सुरु भैरहेका बेला शुक्रबार बैठक बसेको थियो। त्यहि विषयमा विवाद बढ्दै गएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो । 

ती मध्ये कसलाई पठाउने भन्नेमा छलफल चलिरहेका बेला विवाद चर्किदैँ जाँदा पोखरेल समूहले ढकालमाथि आक्रमण गरेको आरोप ढकाल समूहले लगाएको छ । विवाद पछि बैंठक स्थगन भएको छ । यता पोखरेल समूहले भने बैठकमा कुनै पनि हातपातको घटना नभएको दाबी गरेको छ ।

पोखरेल निकट मानिने संगठनका महासचिव मोहन घिमिरेले विज्ञप्ति नै निकालेर हात हालाहाल भएको भन्ने विषय निराधार भएको दाबी गरेका छन् । बैठकमा त्यस्तो हात हालाहाल नभएको बरु नेतृत्वले जवरजस्त पेल्न खोजेपछि सामान्य विवाद भएको पोखरेल समूहले दाबी गरेको छ । ‘पार्टी उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेलसमेत पोखरेललाई नै अध्यक्ष बनाउने मुडमा देखिएपछि ढकाल समूह केही आत्तिएकाले समस्या भएको हो,’ एक सदस्यले भने ।

ढकाल र पोखरेलले हात मिलाएनन्
बैठक स्थगनपछि दुबै समूह पेशागत महासंघ नेपालको छैटौ राष्ट्रिय महाधिवेशन स्थल प्रज्ञा भवन पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको त्यस कार्यक्रममा पोख्रेल भन्दा केही मिनेट अघि नै ढकाल पुगेका थिए । ढकाल केही अघि नै कार्यक्रम स्थलमा पुगेकाले आयोजकले उनलाई ढाकाको पछ्यौरा ओडाएर अतिथि आसन ग्रहन गराएका थिए । ढकाल अतिथिकै पहिलो लहरमा बसेका थिए । केही बेरपछि पोख्रेल पनि कार्यक्रमस्थल पुगे । वरीपरिका सबैसँग हात मिलाउदै र मुस्कुराउँदै पोख्रेल अघि बढ्दै गए । जब उनी ढकाल नजिक पुगे । त्यहाँ एक सिट खाली थियो । पोख्रेल ढकालसँगै बसे तर हात मिलाएनन् । प्रधानमन्त्री ओलीले करिब आधा घण्टा अतिथि भाषण गर्दा उनीहरु दुबै जना त्यहाँ थिए । तर, दुबैबीच बोलचाल भएन ।

प्रतिक्रिया दिनुहोस्