बैरागी मुख्यसचिव नियुक्त

काठमाडौँ, १५ असोज । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।