बोलेरो दुर्घटना हुँदा दोलखामा दुईको ज्यान गयो, ८ घाइते


दोलखा, २८ जेठ । दोलखाको लादुकमा गएराति बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
सिंगटीबाट लादुकतर्फ जाँदै गरेको बा १४ च १६८१ नम्बरको बोलेरो विगु गाउँपालिका ४ लादुकको खहरेमा दुर्घटना हुँदा वडा नम्वर ४ लादुककै ५० वर्षीय टिका बहादुर कार्की र ४५ वर्षीया ईश्वरी थापा रहेको विगु गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष बुक्तम तामाङले जानकारी दिए ।

दुर्घटनामा परि बोलेरो चालक विगु ४ लादुकका ३४ वर्षिय दिपक नेपाली, सोही स्थानका ३१ वर्षिय गुरु नेपाली, ३२ वर्षिया हिमालु नेपाली, ४० वर्षिया स्वस्थानी खत्री, ४४ वर्षिय शान्त सुवेदी, ५९ वर्षीय पर्शुराम खत्री, ५० वर्षीय बाबुुराम खत्री र ७० वर्षीय अमृत बहादुर थापा घाईते भएका छन् । घाईतेमध्य चालक दिपक नेपाली र अमृत बहादुर थापालाई थप उपचारका लागि काठमाडौंँ रिफर गरिएको छ भने स्वस्थानी, पर्शुराम र बाबुराम खत्रीको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भईरहेको दोलखा प्रहरीले जनाएको छ । यस्तै, गुरु नेपाली र हिमालु नेपालीको सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा तथा शान्त सुवेदीको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्