ब्यापारीको स्वार्थमा बढाइयो पानीको मूल्य : एक जारमै १५ देखि २० रुपैंयाँ बढ्यो


काठमाडौं, २७ साउन । सरकारले ब्यापारीको स्वार्थ अनुसार पिउने पानीको मूल्य बढाएको छ ।
बजारमा २५ देखि ३५ रुपैंयाँमा विक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैंयाँ पुर्‍याएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले ब्यापारीलाई पोस्नेगरी ‘सेटिङ’मा एक जारमै १५ देखि २० रुपैंयाँ बढाएर मूल्य तोकेको हो ।

सरकारी निकायले नै मूल्य बढाएपछि व्यापारीलाई एक जार पानी ५० रुपैंयाँमा विक्री गर्न बाटो खुलेको छ । बढेको पानीको मूल्य भदौ १० गतेदेखि लागू हुनेगरी कायम गरिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्