ब्राईट एन्जल्स ईंलिस स्कुलले पायो ‘गोल्डेन पिक’ तिज उपाधि


काठमाडौ, १७ भदौ । उपत्यका व्यापी स्कुल स्तरीय पहिलो गोल्डेन पिक तिज नृत्य प्रतियोगिता’को उपाधि ब्राईट एन्जल्स ईंलिस स्कुलले पाएको छ । तीजको अवसर पारेर गोल्डेन पिक हाईस्कुलले आयोजना गरेको ‘उपत्यका व्यापी स्कुल स्तरीय पहिलो गोल्डेन पिक तिज नृत्य प्रतियोगितामा एआईए स्कुल दोस्रो र सृजना ज्ञानसागर स्कुल तेस्रो भएका छन् ।

त्यैगरी प्रतियोगितामा हिमरश्मी हाईस्कुल चौथो, ग्रीन ल्याण्ड पाँचौ, मनास्लु पब्लिक सेकेण्डरी स्कुल छैठौं, जगत मन्दिर सातौं, नेरिक एकेडेमी आठौं, न्यूटन हार्ईस्कुल नवौं र त्रीज्योती सेकेण्डरी स्कुल दसौं भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्री थममामाया थापाले क्रमश नगद रु १० हजार, ७ हजार ५ सय र ५ हजारका साथै सिण्ड र प्रमाणपत्र प्रदान गरेकी थिईन् ।
यस्तै चौथोदेखि १० औं हुने स्कुललाई सिल्ड र प्रमाण पत्र प्रदान गरिएको गोल्डेन पिक हाईस्कुलका प्रिन्सिपल छत्रमणी राईले जानकारी दिए । प्रतियोगितामा उपत्यकाका २९ स्कुलले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्