प्रदेश एकता समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न, ब्लोनको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित


काठमाडौं, १७ वैशाख । दक्षिण कोरियामा कार्यरत नेपालीहरुको संस्था प्रदेश नम्बर–३ एकता समाज दक्षिण कोरियाको प्रथम अधिवेशन आईतबार सम्पन्न भएको छ ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित नेपाल हाउसमा आईतबार सम्पन्न प्रथम अधिबेशनले अध्यक्षमा किशोर ब्लोन नियोगलाई चयन गरेको छ । अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा यदु गिरी, उपाध्यक्षहरुमा सरोज केसी र सन्तोष अधिकारी चयन भएका छन् । उपाध्यक्ष चयन भएका केसी दोलखाली समाज दक्षिण कोरियाको अध्यक्षसमेत छन् । दोलखा वैतेश्वर गाउँपालिका मृगेका केसी समाजसेवाको क्षेत्रमासमेत कृयाशील छन् ।
त्यस्तै, महासचिवमा राजेन्द्र दुलाल, सचिवहरुमा नवीन श्रेष्ठ, विजय अर्याल र रवि प्रताप घिसिङ चयन भएका छन् । कोषाध्यक्षमा दोलखाकै ज्ञानु चौहान चयन भएकी छिन् । उनी दोलखाली समाज दक्षिण कोरियाकी उपाध्यक्ष पनि हुन् । त्यस्तै, सह कोषाध्यक्षमा बुद्द लामा तथा सदस्यहरुमा संजय खत्री, उत्तम खनाल, सुन्दरप्रसाद अधिकारी र कुश राई चयन भएका छन् ।
कार्यसमितिमा प्रदेश न ३ का १३ जिल्लामध्ये ९ ओटा कृयाशील जिल्ला समितिबाट समानुपातिक प्रतिनिधित्व रहेको नवनिर्वाचित उपाध्यक्ष केसीले जानकारी दिए । समाजले दक्षिण कोरियामा कार्यरत नेपालीहरुमा एकता अभिवृद्धिका निम्ति थुप्रै रचनात्मक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्