भक्तपुरकी संक्रमित महिला वडा सदस्य


भक्तपुर,१० जेठ । भक्तपुरकी कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । शुक्रबार बेलुकी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका कोरोना भाइरस संक्रमितहरुमध्ये भक्तपुर नगरपालिकाकी ४२ वर्षीया महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको हो। उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ । भक्तपुर प्रहरीको  अनुसार केही दिनअघि गरिएको स्वाब संकलनका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्