भक्तपुरमा चौथो अन्तराष्ट्रिय योग दिवस सम्पन्न


भक्तपुर, ३ असार । पतञ्जली योग समिति भक्तपुरको आयोजनामा चौथो अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । करिब ५ सयको उपस्थितिमा योग दिवस मनाइएको हो । केन्द्रिय प्रभारीद्वारा अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार योग प्रशिक्षण गराइएको थियो । पयोसमित भक्तपुरका सचिव नबराज काफ्लेले योगले मानिसलाई स्वास्थ्य राख्ने भन्दै अहिलेको व्यस्त जीवनमा योग अनिवार्य भएको बताए । उनले योगको महत्व सबैले बुझेर दैनिक योग गर्नाले विभिन्न किसिमका रोग समेत निको हुने भएकाले बालकदेखि वृद्धसम्मलाई योग अभ्यास गर्न आग्रह गरे ।

yoga

प्रतिक्रिया दिनुहोस्