भक्तपुरमा बाल संरक्षण नीतिको प्रारम्भिक मस्यौदा तयार


भक्तपुर, ११ साउन । सुर्यविनायक र चाँगुनारायण नगरपालिकाले नगर बाल संरक्षण नीति एवम कार्यविधिको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
चागुनारायण र सुर्यविनायक नगर बाल संरक्षण तथा सम्वर्धन समितिको आयोजनामा दुवै नगरका बाल संरक्षण समितिका पदाधिकारी बालबालिका क्षेत्रका विशेषज्ञ टोलीले २ दिने विस्तारिक वैठक बसी मस्यौदा तयार पारेको हो । सुर्यविनायक नगर उप प्रमुख जुना वस्नेतले बालमैत्री जिल्लाको रुपमा भक्तपुर लाई पहिचान दिन यो संरक्षण नीती कोशेढुङ्गा सावित हुने बताइन । बालबालिका दुर्व्यवहारको विरुद्धमा जो कोही जोडिएमा यो नीतिबाट कोहि पनि उम्कन नसक्ने उनले चेतावानी दिइन । दुवै नगरपालिकाको समन्वयमा सेभ दी चिल्ड्रेन र वालविकास समाजको सहयोगमा सम्पन्न भएको कार्यक्रममा सुर्य नगर बाल संरक्षण समितिका संयोजक दिपक विशुन्के, चागु नगर बाल संरक्षण समितिका संयोजक कृष्णा कार्की लगायतले बाल अधिकार एवं संरक्षणको विषयमा आफ्नो धारणा राखेका थिए । संरक्षण नीति विज्ञहरु बाट तयार पारिएकाले यो मस्यौदा नै अन्तिम हुने नगर सदस्य नवराज काफ्ले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्