भक्तपुर निर्माण व्यवसायी सङ्घमा बजगाईं


१९ भदौ । भक्तपुर निर्माण व्यवसायी सङ्घको छैटौँ जिल्ला अधिवेशनले अध्यक्षमा निरञ्जन बजगाईलाई चयन गरको छ ।

निर्माण व्यवसायीको छाता सङ्गठनको रुपमा रहेको सो सङ्घको वरिष्ठ उपाध्यक्षमा शिव शिल्पकार, प्रथम उपाध्यक्षमा रत्न सुवाल, द्वितीय उपाध्यक्षमा लव गिरी, महासचिवमा विजय देउजा, उपमाहसचिव रामकृष्ण प्रधानाङ्ग, कोषाध्यक्षमा किरण खत्री र सहकोषाध्यक्षमा अशोक भँडेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा हरिशरण बास्तोला, साधुराम दाहाल, सोमप्रसाद प्रधान, रामजकुमार खड्का, श्यामकाजी थापा श्रेष्ठ र गीता न्यौपाने निर्वाचित भएका छन् । कूल १७ जना पदाधिकारी रहने संघको कार्यसमितिमा दुई मनोनित र एक जना निवर्तमान् अध्यक्ष रहने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष बजगाईंले सङ्घलाई व्यवस्थित र जुझारु बनाउँदै निर्माण व्यवसायीको हक, हितको पक्षमा वकालत गर्ने र प्राविधिक सीप विकासमा जोड दिँदै अगाडि बढ्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्