भगवतीको ज्यान गएपछि न्यायका लागि पीडितहरु प्रहरी गुहार्दै, प्रहरीलाई वास्तै छैन


२२ असार । नेकपा एमाले स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चकी सदस्य भगवती थापाको बुधबार परीक्षा नियन्त्रण कार्यालय बल्खु नजिक ना २ ख ३४३८ नम्बरको ट्रकले ठक्कर दिदा मृत्यु भयो । स्नातकोत्तर उत्रिण गरेको पमाणपत्र लिन मोटरसाईकलमा परीक्षा नियन्त्रण कार्यालय जाने क्रममा ट्रकले ठक्कर दिएपछि उपचारका लागि बल्खुकै बयोधा अस्पतालमा लैजाने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरे ।

उनका आफन्तले शिक्षण अस्पताल महाराजगञ्ज लगेर उनको शवको पोष्टमार्टम पनि गरे । तर, अहिलेसम्म प्रहरीको चरम लापरवाहीका कारण पीडित पक्षले थापालाई ठक्कर दिने ट्रकका चालक र ट्रकका साहुजीसँग छलफल गर्न पाएका छैनन ।

ट्रक चलकलाई प्रक्राउ गर्न माग गर्दै पीडित पक्षले बुधबार नै कालीमाटी प्रहरीमा जाहेरी दिएको थियो । तर, अहिलेसम्म प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको भने पनि पीडित पक्षसँग कुनै छलफल नगरेको गुनासो पीडित पक्षका आफन्तले गरेका छन् । कालीमाटी प्रहरी वृत्तका डिएसपी नवराज अधिकारी र इनिस्पेक्टर श्यामकृष्ण केसीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको पीडितका आफन्तको गुनासो छ ।

‘प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको भनेको छ तर अहिलेसम्म हामीलाई जानकारी छैन,’ मृतक थापाका भानिजदाई बुद्ध घर्तीले भाबूक हुँदै भने, ‘हामीले ट्रकका साहुजीलाई झिकाउनुहोस्, कुराकानी गरौँ भन्दा प्रहरीले उल्टै हामीलाई आलटाल गर्ने र विभिन्न बाहनामा पीडकहरुलाई उन्मुक्ति दिन खोज्ने जस्ता व्यवहार देखाउँदै आएको छ ।’

घर्तीका अनुसार यातायात व्यसायीसँग मिलेर प्रहरीले ट्रकका साहुजीसँग सम्पर्क हुन अझै एक हप्ता लाग्ने भन्दै आलटाल गरेको पनि आरोप लगाए । ‘हामी पीडित हौँ,’ उनले भने, ‘हामी न्यायका लागि प्रहरी गुहार्दै आएका हौँ, थप पीडा खेप्न आएका होइनौँ ।’

प्रतिक्रिया दिनुहोस्