भग्न हुँदै एमालेको बल्खु भवन


३१ जेठ । बल्खु तिरबाट जाँदा होस या कलंकीतिरबाट आउँदा नै किन नहोस चक्रपथबाट करिब सय मिटर भित्र ९ रोपनी १ आना जग्गामा आफ्नो छुट्टै पहिचान बनाएर उभिएको एमाले मुख्यालय अब तस्बिरहरुमा मात्र सिमित हुने भएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको एमाले मुख्यालयको भवन मङ्लबारदेखि भत्काउन सुरु गरेपछि २० वर्ष पहिलेदेखि इतिहासको साक्षी बनेर बसेको एमालेको त्यो भवनको इतिहास तस्बिरमा मात्र सिमित रहने भएको हो ।

०४६ सालको परिवर्तनपछि आफ्नै व्यवस्थित कार्यालय निर्माण गरेर बस्ने पहिलो पार्टी एमालेको त्यो भवन भत्काउने तयारीसँगै त्यससँग जोडिएका केही इतिहासको पनि अन्त्य हुने भएको छ । वैशाख १२ को भूकम्पले नेपाल र नेपालीलाई निकै ठूलो दर्द छाडेर गयो । त्यो दर्दबाट एमाले मुख्यालय र एमाले पनि अछुतो रहन सकेन । त्यति भवनभित्र बसेर एमालेले २० वर्षमा निकै दूरगामी र महत्वपूर्ण निर्णय गरेको थियो । तर, शक्तिशाली भूकम्प आएकै भोलिपल्टदेखि एमालेका बैठकहरु समेत त्यो भवन भित्र बस्न सकेनन् ।

वैशाख १२ को भूकम्पले नेपाल र नेपालीलाई निकै ठूलो दर्द छाडेर गयो । त्यो दर्दबाट एमाले मुख्यालय र एमाले पनि अछुतो रहन सकेन ।

भूकम्पपछिका केही बैठकहरु कार्यालयको चौरीमा पाल टाँगेर बसे । केही समयपछि धुम्बाराहीस्थित पासाङल्हामू प्रतिष्ठानमा अस्थायी रुपमा एमालेको मुख्यालय सर्यो । अहिले पनि त्यहिबाट एमालेले आफ्नो सचिवालय सञ्चालन गर्दै आएको छ । धुम्बाराहीस्थित पासाङल्हामू प्रतिष्ठानमा रहेको भाडाको कार्यालय साँघुरो भएको भन्दै एमालेले नयाँ भवन बनाउने योजनासहित बल्खु कार्यालय भत्काउन लागेको जानकारी दिएको छ । मंगलबारबाट भवन भत्काउन सुरु गरे पनि त्यहाँ नयाँ भवन कहिले र कस्तो बन्ने भन्ने अझै यकिन छैन ।

भवन भत्काउनका लागि कुन–कुन संस्था र व्यक्तिले दिएका थिए आवेदन ?

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भव भत्काउन जितेन्द्र शाह, रामबहादुर श्रेष्ठ, किरणुकमार मगर, कृष्णबहादुर खड्का, केशबहादुर थापा, ताराप्रसाद लामिछाने, विरेन्द्र चौधरी, भोजराज मगरले आवेदन दिएका थिए । त्यस्तै, राजनन्दनी इन्टरप्राईजेज, बंगलामूखी ट्रेड एण्ड सप्लायर्स, ह्याङ्ला थापती कन्स्ट्रक्सन, ठोसे खोला कन्सट्रक्सन, सिवि कन्सट्रक्सन तथा शिवम् स्क्रेप्ट सेन्टरले एमाले कार्यालय भत्काउनका लागि आवेदन दिएका थिए ।

यस्तो छ योजना

एमालेले बजारको चलनचल्तीका आधारमा गरेको आन्तरिक मूल्यांकन अनुसार बल्खुको ९ रोपनी १ आना जग्गा र पुरानो भवनसहितको मूल्य अहिले ३४ करोड पर्छ । गत वैशाख ४ मा बसेको केन्द्रीय कमिटी बैठकले समेत पुरानो भवन भत्काएर बल्खुमै नया“ भवन बनाउने निर्णय गरेकाले नयाँ भवन बल्खुमै बन्ने भए पनि केही समय लाग्ने एमालेले जानकारी दिएको छ । ‘दुई महिनाभित्र भवन भत्काएपछि माटो परिक्षण, प्राविधिक अध्ययन र नक्सांकनका आधारमा करिब ५ करोडको लागतमा सोही स्थानमा भुकम्प प्रतिरोधी र प्रविधि मैत्री भवन बनाउने एमालेको योजना छ,’ श्रेष्ठले भने ।

आन्तरिक मूल्यांकन अनुसार बल्खुको ९ रोपनी १ आना जग्गा र पुरानो भवनसहितको मूल्य अहिले ३४ करोड पर्छ

भवन भत्काउदा पालना गर्नुपर्ने शर्त

यहि जेठ ११ गते सचिव प्रदिप ज्ञवाली नेतृत्वको भवन व्यवस्थापन समितिको बैठकले ७ दिनको समय राखेर भवन भत्काउन चाहनेहरुका लागि टेण्डर आह्वान गरेको थियो । शर्तमा एमाले कार्यालय भत्काउने व्यक्ति वा संस्थाले कम्तीमा तीन महिनाभित्र काम सम्पन्न गर्नेगरी वरिपरिका भौतिक संरचना बिर्गान नपाउने कुरा उल्लेख गरिएको छ ।

के–के छ एमालेको तयारी ?

 नयाँ भवन निर्माण गर्दा आसपासका थप ३/४ रोपनी जग्गा पनि लिने एमालेको योजना छ । केन्द्रीय सचिवालय सचिव प्रदिप ज्ञवालीले भौर्गभिक अध्ययनपछि मात्रै जग्गा लिने विषयमा धनीहरुस“ग कुराकानी अघि बढ्नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्