भदौ १४ र १५ गते उपत्यकाका विद्यालयलाई विदा


काठमाडौ, १२ भदौ । विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालय विदा हुने भएको छ । मंगलबार सुरक्षा महाशाखाको बैठकले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विद्यालयलाई विदा दिने निर्णय गरेको हो ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्