भद्रावती बचत तथा ऋण सहकारीको नाफा ५२ लाख


काठमाडौं, ७ असोज । भद्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा ५२ लाख १४ हजार ५ सय नाफा आर्जन गरेको छ । शनिबार कोटेश्वर सहयोगीनगरस्थित कार्यालयमा सम्पन्न नवौं साधरणसभामा अध्यक्ष जयबहादुर खड्काले आर्थिक वर्षमा उक्त नाफा आर्जन गरेको प्रगति विवरणसहितको प्रतिवेदन पेश गरेका हुन् । साधरणसभाले आर्थिक वर्षको आय–ब्ययसहितको प्रतिवेदन पास गरेको छ ।

भद्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा ५२ लाख १४ हजार ५ सय नाफा आर्जन गरेको छ ।

खड्काले आर्थिक वर्षमा १५ करोड २६ लाख ४८ लाख रुपैयाँ कारोबार गरेको जानकारी दिए । त्यस्तै, सहकारीको कूल शेयर पुँजी १ करोड ८५ लाख ९६ हजार ४ सय रुपैयाँ पुगेको साधरणसभामा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न साधरणसभामा आगामी कार्ययोजनाबारेसमेत जानकारी गराइएको थियो । त्यसअन्तर्गत आगामी ५ वर्षभित्र संस्थाले आफ्नै भवन निर्माण गरी कारोबार संचालन गर्ने, स्वास्थ्य शिविरलगायतका सामाजिक र रचनात्मक क्रियाकलाप आयोजना गरिने संस्थाका सचिव पदम श्रेष्ठले बताए ।

साधरणसभामा लापिलाङ सामाजिक सेवा समितिका अध्यक्ष विवेककुमार खड्का, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कोषबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारी संस्थामा दोलखाबाट काठमाडौं आई बसोबास गर्ने उत्तरी क्षेत्रका ठूलो पंक्ति सेयर सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्